पोखरा ५ जेठ । पोखरा महानगरपालिकाको मेयरमा गठवन्धनको तर्फबाट उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले आफ्नो मतान्तर बढाएका छन् ।
उनका निकटम प्रतिद्धन्दी एमालेका कृष्ण थापाले २ हजार ४९५ मतले पछाडि परेका छन् । पछिल्लो मत परिणाम अनुसार धनराजले २१ हजार ८८० मत पाएका छन् । भने थापाले पनि १९ हजार ३८८ मत ल्याएका छन् ।
यता राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मेयरको उम्मेदवार दिएका शंकर खरालले २ हजार १८६ मत पाएका छन् । उपमेयरमा भने एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङले अग्रता लिएकी छन् ।
उनले अहिले सम्म २२ हजार १ सय घ१ मत पाएकी छन् । नेपाली कांग्रेसकी कोपिला रानाभाट २२ हजार १ सय २२ मत पाएकी छन् ।