५५५ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक : २४८ स्थानीय तहका नेतृत्वसहित पहिल्यो बन्यो कांग्रेस, दोस्रोमा कुन दल ? — OSNepal

५५५ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक : २४८ स्थानीय तहका नेतृत्वसहित पहिल्यो बन्यो कांग्रेस, दोस्रोमा कुन दल ?

LC (KTM) May 19, 2022 0

काठमाडौं ५ जेठ । स्थानीय तह निर्वाचनमा अहिले यो समाचार बनाउँदा सम्म ५५५ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ ।

निर्वाचन आयोगले दिएको जानकारी अनुसार ५५५ पालिका मध्ये नेपाली कांग्रेस २४८ स्थानीय तहका नेतृत्वमा विजयी भएको छ । त्यसैगरी कांग्रेसले ,१६३ गाउँपालिकाका अध्यक्ष र ८५ नगरपालिकाका प्रमुख समेत जितेको छ ।

दोस्रो स्थानमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले १५७ स्थानीय तहका प्रमुख , १०७ गाउँपालिकाका अध्यक्ष र ५० नगरपालिकाका प्रमुख पद जितेको छ । तेस्रो स्थानमा परेको नेकपा माओवादी केन्द्रले अहिले सम्म ८६ गाउँपालिकाका अध्यक्ष र १६ नगरपालिकाका प्रमुखसहित १०२ स्थानीय तह जितेको छ ।

साथै ,जनता समाजवादी पार्टी ९जसपा० नेपालले १४ वटा गाउँपालिकाका अध्यक्ष पद जितेको छ ।नेकपा एकीकृत समाजवादी ६ वटा पालिकाको मेयरमा विजयी भएको छ ।

आयोगले जनाएका अनुसार १८ गाउँपालिकाका अध्यक्ष र १० नगरपालिकाका प्रमुखमा अन्य पार्टी र स्वतन्त्र विजयी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर