धरान ५ जेठ । धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले मतान्तर बढाएका छन् ।
गठवन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार किशोर राईलाई २१० मतले पछि हर्क साम्पाङले आफ्नो मतान्तर बढाएका हुन् ।
बुधबार स्थगित भएको मतगणना आज बिहानबाट गन्न सुरु भएको हो । नेकपा एमालेको तर्फबाट उम्मेदवार दिएकी मञ्जु भण्डारीले ६ हजार ९४६ मत पाएकी छन् ।
लौरो चुनाव चिन्ह पाएका उनले पछिल्लो मत परिणाम अनुसार ८ हजार ६८९ मत पाएका छन् ।
यता, कांग्रेसका राईले ८ हजार ४७९ मत पाएका छन् ।