चितवन ५ जेठ । भरतपुर महानगरपालिकामा मेयर पदकी रेणु दाहालले अग्रता लिएकी छन् । सत्ता गठवन्धनको समर्थनमा उम्मेदवार दिएकी दाहाल निवर्तमान मेयर समेत हुन् ।
उनले आफ्ना प्रतद्धन्दी नेकपा एमालेका उम्मेदवार विजय सुवेदीलाई ३ हजार भन्दा बढी मतले पछि पारेकी छन् ।
पछिल्लो मत गणनाअनुसार रेनुले १५ हजार १६२ मत पाएकी छन् । भने सुवेदीले १२ हजार १३६ मत पाएका छन् । साथै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६ हजार २६८ मत पाएका छन् ।
उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले १७ हजार ५३५ मत पाएका छन् । राप्रपाकी हिमला गुरुङले ९ हजार ७३२ मत पाएकी छन् ।भरतपुरमा ३९ हजार ९६१ मत गणना भइसकेको छ ।