भरतपुर महानगरपालिकामा नेकपा एकीकृत समाजवादीले वडाध्यक्ष पद जितेको छ । पछिल्लो सार्वजनिक भएको मत परिणाम अनुसार वडा नम्बर ७ को वडाध्यक्षमा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादी राजेन्द्रमणि काफ्ले निर्वाचित भएका हुन् । उनले १ हजार ८०८ मत प्राप्त गरे । उनले नेकपा एमालेका सनत कुमार लामिछानेलाई पराजित गरेका हुन् । लामिछानेले १ हजार ६३५ मत प्राप्त गरेका छन् ।