भरतपुर महानगरपालिकामा गठबन्धनका तर्फ बाट माओबादी केन्द्रकी रेनु दाहाल र एमालेका बिजय सुबेदी बीच एकदमै कडा प्रतिष्पर्धा भईरहेको थियो । तर अहिले भने प्रचण्ड पुत्रि रेनु दाहालले अग्रता बढाउँदै लगेकी छिन् । अहिले भरतपुरम ३४ हजार १८१ मत गणना भईसकेको छ । यो अवस्थामा रेनु दाहालले १२ हजार ७२९ मत प्राप्त गरेकी छिन् ।
नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले १० हजार २०० मत ल्याएका छन् । विजय सुवेदी भन्दा रेनु २ हजार ५२९ मतले अग्रता कायम गरेकी छिन् । स्वतन्त्र तर्फका उम्मेदवार जगन्नाथ पौडेलले ५ हजार ४८१ मत पाएका छन् । उपमेयरमा कांग्रेस उम्मेदवार चित्रसेन अधिकारी अगाडी रहेका छन् । उनले १४९९० मत पाएका छन् भने राप्रपा उम्मेदवार हिमला गुरुङले ८२७७ मत पाएकी छन् ।