नेकपा माओबादी केन्द्रले बाराको जितपुरसिमरा उपमहानगरपालिकाको प्रमुख पदमा जित हाँसिल गरेको छ । यस उपमहानगरपालिकाको प्रमुख पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवार राजन पौडेल निर्वाचित भएका छन् । सत्तारुढ दलहरुको समर्थन पाएका पौडेलले १८ हजार ७४३ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेकी सरस्वती चौधरीले १७ हजार ७७९ मत प्राप्त गरिन् । यस्तै लोसपाको मेयर उम्मेदवार सञ्जय साहले पाँच हजार ३८२ मत प्राप्त गरे ।
उपप्रमुखमा भने नेकपा एमालेले बाजी मारेको छ । उपमेयरमा एमालेका भोला अधिकारी निर्वाचित भएका छन् । उनले १७ हजार ४९२ मत ल्याए । उपमेयरमा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार रहेकी काङ्ग्रेसकी मेघा शाही १५ हजार ८४२ मत ल्याईन् । लोसपाको तर्फबाट उपमेयर उम्मेदवार बिपी मोक्तानले पाँच हजार २७ मत मात्र प्राप्त गरे ।