नेपाल क्रिकेट संघ क्यानले पहिलो पटक आयोजना गर्न लागेको फ्रेन्चाइच क्रिकेट प्रतियोगिता नेपाल टी २० लिग सुरु हुन लागेको छ । क्यानले बुधबार प्रतियोतिगाको औपचारिक घोषणा गरेको हो । प्रतियोगिता असोज ८ देखि कात्तिक ५ गतेसम्म कीर्तिपुरस्थित टियु मैदानमा हुनेछ । यसैबीच प्रतियोतिगा खेल्ने खेलाडीले श्रेणी अनुसारको न्यूनतम मूल्य पाउने भएका छन् ।
क्यानको वर्गीकरणमा ए श्रेणीमा रहेका खेलाडीले न्यूनतम १५ लाख रुपैयाँ पाउने भएका छन्। बी श्रेणीका खेलाडीले १० लाख र सी श्रेणीका खेलाडीले न्यूनतम ५ लाख रुपैयाँ पाउने छन्। क्यानले रणनीतिक र कर्मसियल अधिकार भारतीय कम्पिनी सेभेन थ्रि स्पोटर्सलाई ८ वर्षको लागि ३३ करोड रुपैयाँमा बेचेको छ। प्रतियोगितामा ६ टिमको सहभागिता रहने बताईएको छ ।