बिराटनगरमा रहेको आदर्श माध्यमिक बिद्यालयमा यतिबेला मत गन्न चटारो देखिन्छ । बिराटनगर महानगरपालिकाको मत अहिले आदर्शको बिभिन्न ९ वटा कोठाहरुमा मतगणना कार्य भईरहेको छ । अहिले बिद्यालयमा बिभिन्न कोठामा गरेर महानगरपालिकाको वडा नम्बर ३ को मत गणना भईरहेको छ । तर मतगणनामा बसेका उम्मेद्धारका प्रतिनिधिहरुले गर्मीको समयमा फेन नभएको भन्दै मत गन्न छोडेपछि मत गणना कार्य रोकिएको छ । आजको उखुम गर्मी सहन नसके पछि सबै दलका प्रतिनिधिहरु बाहिर निस्किए संगै मत गन्ने कार्य रोकिएको हो ।
गणना भइरहेको कोठामा पङ्खाले हावा फाल्न छाडेपछि यस्तो गर्मीमा गणना गर्न सकिदैन भन्दै उनीहरू गणना स्थलबाट बाहिर निस्किएका थिए । पङ्खा बनाउन प्राविधिक बोलाइएकोले अहिले भने मतगणना कार्य सुरु भईसकेको प्रमुख निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेम बुढाथोकीले बताए । ३ नम्बर वडाको मत गणना मंगलवारदेखि चलिहेको छ । अहिले सम्मको अवस्थामा कांग्रेसका उम्मेद्धारले अग्रता बनाई रहेका छन् ।