सर्लाही ४ जेठ । सर्लाहीको बसबरिया गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा जनता समाजवादी पार्टी (जसपा) विजयी भएको छ ।
जसपाका उम्मेदवार रामसिंहासन रायले ४ हजार ९४६ मत ल्याएर गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् ।
उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार रामअयोध्या यादवले मात्र २ हजार ८७१ मत पाएर पराजित भएका छन् ।
उपाध्यक्षमा पनि जसपाको उम्मेदवार सरिता कुमारीले ४ हजार ७९५ मत ल्याई निर्वाचित भएकी छन् । उनका प्रतिद्धन्दी नेपाली कांग्रेसकी निभा कुमारीले ३ हजार २३३ मत ल्याएकी छन् ।