सप्तरी ४ जेठ । डा.सीके राउत नेतृत्वको जनमत पार्टीले पालिका प्रमुखमा आफ्नो खाता खोलेको छ ।
जिल्लाको सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको मेयरमा जनमत पार्टीका उम्मेदवार वीरेन्द्र माझीले ६ हजार ४०७ मत सहित विजय प्राप्त गरेका छन् ।
उनका प्रतिद्धन्दी जनता समाजवादी पार्टी नेपालका उम्मेद्वार एवं निवर्तमान मेयर शैलेश साहले ६ हजार २४६ मत ल्याएर पराजय भएका हुन् ।
माझीले साहलाई १६१ मत अन्तरले पराजित गरेका हुन् ।