मलंगवा ४ जेठ । सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । मेयरको उम्मेदवार दिएका नेपाली कांग्रेसका नागेन्द्रप्रसाद यादव ९ हजार ७८ मत ल्याएर विजयी भएका हुन् ।
उनका प्रतिस्पर्धी जनता समाजवादी पार्टी नेपाल (जसपा)का निरसल साहले चार हजार ६३९ मत पाएर पराजित भएका हुन् । साथै उपमेयरमा पनि कांग्रेसकी शकुन्तलादेवी साह ५ हजार १४३ मत ल्याएर विजयी भएकी छन् ।
उनका प्रतिद्धन्दी जनता समाजवादी पार्टी (जसपा)की पानोदेवीले ५ हजार १३९ मत ल्याएर पराजित भएकी हुन् । अहिले सम्म यस नगरपालिकामा भएको मत गणना अनुसार ८ पालिकामा कांग्रेस विजय प्राप्त गरिसकेको छ ।