कलाकार निशा घिमिरेलाई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालद्धारा आर्थिक सहयोग प्रदान — OSNepal

कलाकार निशा घिमिरेलाई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालद्धारा आर्थिक सहयोग प्रदान

LC (KTM) June 13, 2021 0

दयनिय अवस्थामा रहेकी कलाकार निशा घिमिरेलाई अहिले भने आर्थिक सहयोग जुट्न थालेको छ । नर्भिक अस्पतालमा उपचाररत कलाकार घिमिरेको परिवारलाई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले आर्थिक सहयोग प्रदान गरेको छ । प्रतिष्ठानका सदस्यहरु निशा लाई भेट्न नर्भिक अस्पतालमा नै पुगेका थिए । सोही अवसरमा परिवारलाई केही रकम प्रदान गरेका हुन् ।

प्रतिष्ठानले नर्भिक हस्पिटलमै उपस्थित भएर उनको परिवारलाई परेको आर्थिक भारमा केही हदसम्म भए पनि टेवा पुगोस् भन्ने उद्देश्यले थोरै भए पनि सहयोग रकम हस्तान्तरण गरेको लोकगायक बद्री पंगेनीले सामाजिक सञ्जालमार्फत जनाएका छन् ।

तीन वर्षअघि भारतको देहरादुनमा अभिनय सिक्न जानेक्रममा दुर्घटनामा परेकी निशाको अवस्था निकै नाजुक रहेको थियो । दयनिय अवस्थामा रहेकी निशाका लागि नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरी भगवान भएर आएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर