धनगढी ४ जेठ । धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार दिएका गोपाल हमालले आफ्नो मतान्तर बढाएका छन् ।
मतगणनाको सुरु देखि नै अग्रता लिएका हमालले पछिल्लो मत परिणाम अनुसार पाँच हजार ६५९ मतले आफ्नो अग्रता बढाएका छन् । २३ हजार २२३ मतको गणना सकिंदा हमालले १० हजार ८२५ मत प्राप्त गरिसकेको मुख्य निर्वाचन अधिकृत कार्यालयले जनाएको छ ।
यता गठवन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नृपबहादुर वडले पाँच हजार १६६ मतका पाएका छन् । भने नेकपा एमालेका रणबहादुर चन्दले दुई हजार ४६२ मत पाएका छन् ।
उपमेयरमा भने गठबन्धनकी साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकी शान्ति अधिकारीले चार हजार ६८मत सँगै सुरुदेखि नै आफ्नो कायम राखेकी छन् ।
यता नेकपा एमालेकी कन्दकला रानाले चार हजार २४७ मत सहित पछ्याइरहेकी छन् ।