मकवानपुर ४ जेठ । मकवानपुरको थाहा नगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्र र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ । मेयरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विष्णुबहादुर बिष्ट निर्वाचित भएका हुन् ।
उनले ९ हजार ७१९ मत पाएका छन् । उनका प्रतिद्धन्दी नेकपा एमालेका
अचुतमप्रसाद ढकालले ७ हजार ७७१ मत ल्याई पराजित भएका हुन् ।
त्यसैगरी, उपमेयरमा भने गठवन्धन दलको नेपाली कांग्रेसका उम्मेदावर भरत गोपाली निर्वाचित भएका छन् । उनले ८ हजार ६०७ मत पाएका छन् ।
उनका प्रतिद्वन्दी नेकपा एमालेकी कल्पना बलामीले ८ हजार ५२२मत ल्याई पराजित भएकी हुन् ।