रौतहट ४ । रौतहटको राजदेवी नगरपालिकाको प्रमुखमा नेकपा एकीकृत समाजवादी विजयी भएको छ ।
एकीकृत समाजवादीको तर्फबाट उम्मेदवार दिएका भिखारी यादवले ७ हजार ५२ मत ल्याई विजयी भएका हुन् । उनले नेपाली कांग्रेसका धिरेन्द्र सिंहलाई ३ हजार ३४५ मत अन्तरले पराजित गरेका हुन् । सिंहले ३ हजार ७०७ मत प्राप्त गरेका छन् ।
उपमेयरमा पनि समाजवादीकै राजकुमारी देवीले ५ हजार ८४२ मत ल्याई विजयी भएकी छन् । उनले ५ हजार ८४२ मत प्राप्त गरेकी छन्। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका अर्चना कुमारी यादवे ३ हजार १४९ मत पाई पराजित भएकी हुन् ।