द फेमिली म्यान २’ मा दमदार रुपमा देखिएकी अभिनेत्री सामन्थालाई नेटफ्लिक्सको करोडौको अफर , नयाँ वेब सिरीजका लागि प्रस्ताव — OSNepal

द फेमिली म्यान २’ मा दमदार रुपमा देखिएकी अभिनेत्री सामन्थालाई नेटफ्लिक्सको करोडौको अफर , नयाँ वेब सिरीजका लागि प्रस्ताव

LC (KTM) June 13, 2021 0

अमेजनको ब्लकबस्टर वेब सिरीज ‘द फेमिली म्यान २’ मा दमदार रुपमा देखिएकी साउथ अभिनेत्री सामन्था अक्किनेनीलाई सिरीज सार्वजनिक भएलगत्तै भाग्य पल्टिएको छ । उनलाई दोब्बर पारश्रमिकमा आफुतिर तान्नका लागि नेटफ्लिक्सले अफर आएको छ ।

अमेजनको ब्लकबस्टर वेब शो ‘द फेमिली म्यान २’ का कलाकारलाई आफ्नो खेमामा तान्न नेटफ्लिक्सले मनोज बाजपेयीलाई एक दमदार वेब शो अफर गरेको छ भने सामन्थालाई पनि मोटो रकमसहित नयाँ वेब सिरिज अफर गरेको बताइएको छ । नेटफ्लिक्सको प्रस्ताव भने सामन्थाले स्विकार गरिसकेकी छैनन् ।

तर वेब सिरीजको कन्सेप्ट आफुलाई मन परेको उनले प्रतिक्रिया दिएकी छिन् । द फेमिली म्यान २’ मा उनले ४ करोडमा काम गरिरहेकी छिन् भने अहिले उक्त वेब सिरिजका लागि उनलाई नेटफ्लिक्सले ८ करोड अफर गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

काम र परिवारको दोहोरो जिम्मेवारीमा चेपिएका एउटा पुलिस अफिसरको कथामा बनेको सिरिजले यतिबेला चौतर्फी प्रशंसा कमाएको छ । विशेषगरी सामन्थाको अभिनयलाई दर्शकले निकै रुचाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर