काठमाडौं, ४ जेठ :
काठमाडौं महानगरपालिका मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलो अग्रता कायम गरेका छन् । पछिल्लो परिणामअनुसार बालेनले १५ हजार ७७५ मत प्राप्त गर्दा एमालेका केशव स्थापितले ८ हजार २५३ मत ल्याएका छन् ।
त्यस्तै, गठबन्धनका तर्फबाट कांग्रेसकी सृजना सिंहले ७ हजर ३४८ मत प्राप्त गरेका छन् । अहिलेसम्म स्थापित र सिंहको मत परिणाम जोड्दा पनि बालेनको धेरै छ ।
त्यस्तै जुम्लाको तिला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका मोतिलाल रोकाया र उपाध्यक्षमा गोरीकला बुढा (कल्पना ) विजयी भएका छन । रोकाया नेपाली कांग्रेसका एकराज उपाध्यायलाई २१ मतअन्तरले पछि पार्दै विजयी बनेका हुन् । उनले एक हजार ९ सय ३६ मत प्राप्त गरेका हुन । उनका प्रतिद्वन्दी कांग्रेसका एकराज उपाध्याय एक हजार ९ सय १५ मत प्राप्त गरेका हुन ।
त्यस्तै, उपाध्यक्षतर्फ नेकपा माओवादी केन्द्रकी गोरीकला बुढा (कल्पना) विजयी भएकी छन् । उनले २ हजार ४ मत प्राप्त गरेकी छन्। उनकी नकटतम् प्रतिद्वन्दी कांग्रेसकी सुस्मा श्रेष्ठले एक हजार ८ सय ७ मत प्राप्त गरेकी हुन् ।
२०७४को निर्वाचनमा तिलागाउँपालिकामा नेकपा ऐमालेबाट रतन नाथ योगी अध्यक्षमा विजयी भएका थिए भने माओवादी केन्द्रकै बिष्णुमाया बुढाले उपाध्यक्षमा जितेकी थइिन् । यस पटक तिला गाउपालिकामा ६ हजार ३ सय ३१ मत खसेको थियो ।