विराटनगर ४ जेठ । विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमालेले अग्रता लिएको छ । पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइरालाले ११८७६ मत पाएका छन् ।
उनले आफ्ना प्रतिद्धन्दी नेकपा एमालेका उम्मेदवार सागर थापालाई २ हजार ८ सय १ मत अन्तरले पछाडि पारेका छन् । एमाले उम्मेदवार सागर थापाले ९०७५ मत प्राप्त गरेका छन् ।
उपमेयरमा एमालेकी शिल्पा कार्कीले १० हजार ४२६ मत पाएकी छन् । उनले जसपाका उम्मेदवार अमरेन्द्र यादवलाई ४ हजार ४४ मत अन्तरले पछाडि पारेकी छन् ।
यादवले ६ हजार ३८२ मत पाएका छन् ।
त्यसैगरी,राप्रपाका उम्मेदवार विन्दाकुमारी लुईटेल आचार्यले ३ हजार ६५ मत पाएकी छन् ।