सर्लाही ४ जेठ । सर्लाहीको हरिपुर्वा नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।
मतगणनाको अन्तिम परिणाम अनुसार नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार विनोद कुमार साह तेली र उपमेयरमा सुमित्रा देवी ग्वारनी निर्वाचित भएका ह्ुन् ।
विजयी तेलीले जनता समाजवादी पार्टीका योगनारायण राय १ हजार ६०६ मत अन्तरले पराजित गरेका हुन् । रायले ३ हजार ४९३ मत ल्याएका छन् ।
विजयी तेलीले ५ हजार ९९ मत ल्याएका छन् । यता उपमेयरमा ४ हजार ३९१ मतसहित विजयी भएकी देवी ग्वारनीले ३ हजार ४०० ल्याएकी प्रतिस्पर्धी जनता समाजवादी पार्टीकी सुनिता देवी यादवलाई हराएकी हुन् ।