परराष्ट्रमन्त्री नारायण खड्काको गृहजिल्ला उदयपुरमा मुख्यनिर्वाचन अधिकृत परिवर्तन भएका छन्। मुख्य निर्वाचन अधिकृत नै परिवर्तन हुनुलाई अर्थपुर्ण रुपमा हेरिएको छ । निर्वाचनको बेला बैशाख ३० गते जनप्रेमी आधारभूत विद्यालयमा मतदानका क्रममा विवाद उत्पन्न भएपछि मतदान प्रक्रिया नै स्थगित गरिएको थियो । स्थगित प्रकृयालाई पुनः मतदान गर्ने वा झरेको मतलाई सदर गर्ने बिषयमा उत्पन्न विवाद हल नहुँदा अहिले सबै प्रक्रिया स्थगित छ ।
यता अधिकृत जिल्ला न्यायाधीश दीपक खनालले आफ्नो स्वास्थ्य समस्या देखाउँदै शनिबार राजीनामा दिएका थिए । उनको ठाउँमा जिल्ला अदालतका अर्का न्यायाधीश उत्तम सिलवाल नियुक्त भएका छन् ।मंगलबार खनालको राजीनामा स्वीकृत भएसँगै बाँकी निर्वाचनका सबै काम पुरा गर्नेगरी निर्वाचन आयोगले सिलवाललाई नियुक्त गरिएको हो । उनले काम सुरु गरिसकेका छन् ।
बिबादका बिषयमा प्रमुख राजनीतिक दल नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओबादी केन्द्रको एक पक्षीय नेताहरुले झरेको मतलाई सदर गरेर गणना गर्नुपर्ने बताएका छन् भने माओवादी र नेकपा एसले पुनः निर्वाचन गर्नुपर्ने माग अघि सारेका छन्।