झापाको कनकाई नगरपालिकाको मेयरमा पुनः नेकपा एमाले नै बाजी मारेको छ । एमालेका राजेन्द्रकुमार पोखरेल मेयर पदमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । पोखरेलले ८ हजार ६७३ मत ल्याउँदै पुनः मेयरमा निर्वाचित भएका हुन् । पोखरेलले उनका निकतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका तर्फबाट उम्मेद्वार बनेका रुद्रप्रसाद चिमरियाले ६६६१ मत ल्याएका थिए । कांग्रेसका उम्मेद्धार भन्दा पोखरेलले २ हजार १२ मत बढी ल्याएका छन् ।
उपमेयरमा भने नेपाली कांग्रेसले बाजी मारेको छ । कांग्रेसकी तर्फबाट उम्मेद्वार बनेकी आशा शर्मा शिवाकोटी निर्वाचित भएकी छिन् । शिवाकोटीले उनकी निकतम प्रतिद्धन्द्धी नेकपा एमालेकी मञ्जु प्रसाईलाई १ हजार ८६८ मतान्तरले पछि पार्दै निर्वाचित बनेकी हुन् ।
मेयरमा तेस्रो स्थानमा स्वतन्त्रतर्फबाट जेब्रा चिन्हका उम्मेद्वार शेरबहादुर थापाले ५ हजार ६९१, राप्रपाका श्यामसुन्दर ओलीले २ हजार २०५, विवेकशील साझा पार्टीका भिमप्रसाद अधिकारीले १८४, स्वतन्त्र पुतली चिन्हका देबीप्रसाद उप्रेतीले ११ र मौलिक जरोकिलो पार्टीका टंका उप्रेतीले २० मत प्राप्त गरेका छन् । ९ वटा वडा रहेको कनकाई नगरपालिकामा ७ वटा वडाअध्यक्ष एमालेले जितेको छ भने २ वटा वडाअध्यक्ष कांग्रेसले जितेको छ ।