पोखरा ३ जेठ । पोखरा महानगरपालिकाको मेयरमा धनराज आचार्यले आफ्नो मतान्तर अगाडी बढाएका छन् ।
सत्ता गठवन्धनको समर्थनमा नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार दिएका नेता आचार्य यति बेला आफ्ना प्रतिद्धन्दीसँग एक हजार ७५२ मतले अगाडी रहेका छन् ।
पछिल्लो मत परिणाम अनुसार आचार्यले ११ हजार ८१२ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार कृष्ण थापाले १० हजार ६२ मत पाएका छन् । यता राप्रपा उम्मेदवार शंकर प्रसाद खरलले १२७१, स्वतन्त्र उम्मेदवार गनेस पौडेलले ६६९ मत पाएका छन् ।
साथै, उपमेयरमा नेपाली कांग्रेसकी उम्मेद्वार कोपिला रानाभाटले १२ हजार १३० मत ल्याउँदै आफ्नो अग्रता कायम गरेकी छन् । एमाले उम्मेदवार मञ्जुदेवी गुरुङले भने
११ हजार ४८३ मत पाएकी छन् ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार रञ्जनाकुमारी सेन पौडेलले १०६९ मत पाएकी छन् ।