डडेल्धुरा, ३ जेठ:
अमरगढी नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख डिल्लीराज जोशीले मतदातालाई अहिले गरेको सहयोगले मात्नै नपुग्ने र अझै सहयोग गर्नुपर्ने बताएका छन् । विजयी र्यालीपछि जोशीले यहाँसम्म पुर्याउन सहयोग गरेकोमा धन्यवाद दिँदै अझ सहयोग गर्नु पर्ने बताए ।
‘तपाईले सहयोग गर्नु भयो । यो सहयोगले म अमरगढीको विकासमा कटिबद्ध भएर लाग्नेछु। मलाई यहाँसम्म पुर्याउन सहयोग गर्नुभयो, योभन्दा अझ धेरै सहयोग चाहिन्छ,’ उनले भने ।
उनले आफूलाई सहयोग गर्न छोडे विकास नहुने चेतावनी पनि दिए । जोशीले बजार व्यवस्थापन, खानेपानीका समस्या, यातायातका समस्या, सडक बत्तीको समस्या, बसपार्कको समस्यालाई सामाधान गर्ने बताए । सुदूरपश्चिका सात वटा पहाडि जिल्लाको केन्द्रसँगैका साथै डडेल्धुरा रमाइलो भएकोले यसलाई पर्यटकीय नगरपालिकाको रूपमा अघि बढाउने बताए । उनले भने, ‘मलाई सहयोग गर्न छोड्नुभयो भने म विकास गर्न सक्दिन। यत्ति सहयोगले मलाई हुँदैन् । योभन्दा अझ सहयोग गर्नु भयो भने म अमरगढीलाई अगाडि लैजान सक्छु। विकासको काममा सहयोग गर्नु हुनेछ भन्ने आशावादी छु।’
जोशी कांग्रेस बिपी र नेकपा एमालेको गठबन्धनका उम्मेदवारलाई हराउँदै नगरप्रमुखमा विजयी भएका हुन् । यहाँ कांग्रेस बिपी र एमालेका गठबन्धनका उम्मेदवार हरि भट्ट थिए । जोशीले तीन हजार ६ सय १९ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्धी भट्टले तीन हजार चार सय २६ मत पाए ।