काठमाडौं ३ जेठ । नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले देश नै अफ्ठेरोमा पर्न थालेपछि एमालेले संसदको अवरोध हटाएको बताएका छन् ।
आज मंगलबारबाट सुरु भएको संसद बैठक एमालेले आफ्नो संसद अवरोध फिर्ता लिएको नेता ज्ञवालीले बताएका हुन् ।
‘गठबन्धन सरकारका कारण देश नै अफ्ठेरोमा पर्न थालेपछि एमालेले संसदको अवरोध हटाउने निर्णय गरे हो’ ज्ञवालीले भने ।
गठबन्धन सरकारका कारण महँगी बढेको, अर्थतन्त्र धरापमा परेको, विकास खर्च नभएको, प्रधानन्यायाधीश, गभर्नर, प्रहरी प्रमुख लगायतका व्यक्ति र संस्थामाथि हस्तक्षेप गरेको लगायतका कारण देश अफ्ठेरो परेको दावी गरेका उनले दल विभाजन गर्नेलाई स्थानीय तह निर्वाचनमा जनताले देखाइदिने पनि बताएका छन् ।