एमालेले फिर्ता लियो संसद अवरोध — OSNepal

एमालेले फिर्ता लियो संसद अवरोध

LC (KTM) May 17, 2022 0

काठमाडौं ३ जेठ । नौ महिना पछि नेकपा एमालेले संसदख बैठक अवरोध गर्न छोडेको छ ।

आज मंगलबार देखि सुरु भएको संसद बैठकमा प्रति पक्षी दल नेकपा एमालेले कुनै अवरोध नगरेपछि संसद बैठक अवरोध हटेको हो ।

संसद बैठक लाई सम्बोधन गर्दै पार्टीका महासचिव प्रदीप ज्ञवालीले अवरोध फिर्ता लिएको भन्दै माधव नेपाललाई लक्षित गर्दै दललाई विभाजन गरेर जानेहरुलाई जनताले सउचित ढंगले फैसला गर्ने बताएका छन् ।

साथै, उनले संसदको अवरोध हटाए पनि विरोधलाई प्रस्तुत गर्ने निर्णय गरेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर