काठमाडौं ३ जेठ । संघीय संसद प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफ्नो सहभागिता जनाएको छैन ।
सभामुख अग्नि प्रसाद सापकोटाले बोलाएको परामर्श समितिको बैठकमा एमालेले आफ्नो सहभागिता नजनाएको हो ।
बजेट अधिवेशनको पहिलो दिन बोलाइएको परामर्श समितिको बैठक सापकोटाले संसद भवनमै बोलाएका छन् ।
आफ्नो माग पुरा नभएको भन्दै एमालेले विगत लामो समय देखि नै परामर्श समितिको बैठक अस्विकार गर्दै आएको छ ।