रुकुम पश्‍चिमकाे बाँफिकाेटमा कांग्रेस विजयी — OSNepal

रुकुम पश्‍चिमकाे बाँफिकाेटमा कांग्रेस विजयी

LC (KTM) May 17, 2022 0

सुर्खेत, ३ जेठ:

रुकुमपश्‍चिमको बाँफिकोट गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएकाे छ ।अध्यक्षमा कांग्रेसका जनककुमार बाँठा ३१ मतान्तरले विजयी भएका छन् । उनी ४ हजार ४ सय ५५ मतसहित विजयी हुँदा माओवादी केन्द्रका चन्द्रबहादुर केसीले ४ हजार ४ सय २४ मत पाए ।

उपाध्यक्षमा माओवादी केन्द्रकी तारा बुढा केसीले ४ सय मतान्तरले विजयी भएकी छन् । केसी ४ हजार ५ सय ६० मतसहित विजयी हुँदा कांग्रेसकी नन्दाकुमारी केसी नाथले ४ हजार १ सय ६० मत पाइन् । बाँफिकोटका १० वडामध्ये माओवादीले ८ वडा जितेको छ भने कांग्रेसले २ वडामा जित हात पारेको छ ।
याे अर्थमन्त्री जनार्दन शर्माकाे निर्वाचन क्षेत्र पनि हाे ।

त्यस्तै गोरखामा पाँच पालिका र ७३ वडाको नतिजा सार्वजनिक-गोरखा, ३ जेठ:दुई नगरपालिका र ९ गाउँपालिका गरी ११ स्थानीय तह, ९४ वडा रहेको गोरखामा अहिलेसम्म पाँच पालिका र ७३ वटा वडाको मतपरिणाम सार्वजनिक भईसकेको छ । अहिलेसम्म सार्वजनिक भएको मतपरिणामअनुसार माओवादी केन्द्रले बारपाक सुलिकोट, शहीदलखन, भीमसेन थापा, अजिरकोट गरी चार पालिकाको अध्यक्षमा विजय हात पारेको छ भने कांग्रेसले आरुघाट गाउँपालिकामा मात्रै विजय हासिल गर्न सकेको छ ।

यस्तै, मतपरिणाम सार्वजनिक भएको ७३ वडामध्य माओवादी केन्द्रले ३३, कांग्रेसले २७, एमालेले १०, जसपाले २ र स्वतन्त्र उमेद्वारले १ वडाको नेतृत्व पाएका छन् । अहिले जिल्लाको धार्चे, गण्डकी, सिरानचोक गाउँपालिका र गोरखा, पालुङटार नगरपालिकामा मतगणना जारी छ भने उत्तरी गोरखाको चुमनुब्रीमा भने मतगणना सुरु हुन सकेको छैन् ।सर्वदलीय बैठकमा उक्त पालिकाका केही वडामा पुनस् निर्वाचनको माग भएपछि गणना हुन नसकेको निर्वाचन अधिकृत नानीबाबु पोखरेल बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर