थम्मन थापा. बागलुङ-गलकोट नगरपालिकाको मेयर र उपमेयरमा ५ दलिय गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । पाँच दलीय गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली काँग्रेसका भरत शर्मा गैरे ५ हजार ४ सय १४ मत प्राप्त गरि प्रमुख पदमा विजयी भएका छन् । यो उनको दोस्रो कार्यकाल हो । उनको प्रतिद्वन्द्वी नेकपा एमालेका पूर्ण काउचाले ३ हजार ५ सय १९ र स्वतन्त्र उम्मेदवार मञ्जु शर्मा चालिसेले ३ हजार २ सय ६२ मत प्राप्त गरेकी छन् ।
नगरको उपमेयरमा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका फमलाल निउरे विजयी भएका छन् । उनले ६ हजार ३९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रुपा विकले ३ हजार ५७ र स्वतन्त्र उम्मेदवार तिल बहादुर केसी उप्रेतीले १ हजार ९ सय ८१ मत प्राप्त गरेका छन् ।