काठमाडौं ३ जेठ । काठमाडौंको तारकेश्वर नगरपालिका रहेको ११ वडा मध्ये नौ वडामा नेपाली कांग्रेसले सानदार जित हात पारको छ ।
वडा नम्बर २ र ४ बाहेक सबै वडामा कांग्रेस निजयी हुँदा नगर प्रमुख उपप्रमुख पनि कांग्रेसले नै जितेको छ । तारकेश्वर नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका उमेदवार कृण्णहरी महर्जन ११९८८ मत प्राप्त गर्दै बिजय भएका छन् ।
उनका प्रतिस्पर्धी नेकपा एमालेका निर्वतमान मेयर रामेश्वर बोहराज्युले ७८०८ मत ल्याउँदे पराजित भएका हुन् ।
त्यसै गरि उप-प्रमुखमा नेपाली कांग्रेसका उमेदवार सृजना बुर्लाकोटीले १०७८६ मत प्राप्त गरि बिजय भएकी छन् । निकटतम प्रतिस्पर्धी भवानी डोटेलले ८००६ मत प्राप्त गरी हार व्यहोरेकी छन् ।
त्यसैगरी, हिजो सम्पन्न भएको तारकेश्वर नगरपालिका वडा नं ११ बाट नेपाली कांग्रेसका कबिराज बस्नेतको प्यानल नै विजयी भएको छ ।
वडा नं १० मा पनि नेपाली कांग्रेसबाट वडा अध्यक्षमा कुमार राईको प्यानलनै बिजय भएको छ ।
वडा नम्बर ६ मा पनि नेपाली कांग्रेसका घनश्याम भुसालको पुरै प्यानल नै विपजी भएको छ । अन्य वडाको भने नतिजा आइसकेको छ ।