स्थानीय तहको निर्वाचनमा पाँचथरमा एमालेका उम्मेद्धारले झिनो मतअन्तरले जित हाँसिल गरेका छन् । याङ्वरक गाउँपालिका–३, मा नेकपा एमालेको तर्फबाट वडा अध्यक्षका उम्मेदवार बिमल राईले गठबन्धनका चन्द्र कुमार योङयालाई झिनो मतअन्तरले पराजित गरेका हुन् । उनी २ मतको अन्तरले बिजयी बनेका हुन् । निर्वाचित राईले ८३७ मा पाउँदा योङ्याले ८३५ मत पाएका थिए ।