अघिल्लो पटकको स्थानीय तहको निर्वाचनमा एमालेले आफ्नो लालकिल्ला बनाएको धनकुटामा बिस्तारै जनमत गुमाउन सुरु गरेको छ । धनकुटाको पाख्रिवास नगरपालिकामा नेपाली कांग्रेसले जित हाँसिल गरेको छ । कांग्रेसका मेयर पदका उम्मेदवार ज्ञानबहादुर गुरुङ विजयी भएका छन् । उनले ५ हजार ४९८ मत ल्याएर मेयरमा निर्वाचित भईरहदा गुरुङका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार भीमबहादुर राईले ५ हजार ५३ मत मात्र प्राप्त गरे ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ज्ञानबहादुर पौडेलले भने ५७ मत प्राप्त गरेको प्रमुख निर्वाचन कार्यालयले जनाएको छ । उपमेयरमा नेकपा एमालेकी नम्रता गौतम ५ हजार ६२ मतसहित विजयी भएकी छन् । उनका निकटम प्रतिद्वन्द्वी ओमप्रकाश निरौलाले ४ हजार ६४१ मत प्राप्त गरे । राप्रपाकी उम्मेदवार रुद्रकुमारी आलेले ६७ मत प्राप्त गरिन्