भरतपुर – भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनले पुनः अग्रता लिएको छ । पाँच दलीय गठबन्धनबाट प्रमुखको उम्मेदवार बन्नुभएकी नेकपा ९माओवादी केन्द्र० की रेनु दाहालले पाँच हजार ३ सय १३ मतका साथ अग्रता लिनुभएको हो ।
नेकपा एमालेका विजय सुवेदीले पाँच हजार ३ सय १० मत प्राप्त गर्नुभएको छ भने स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले दुई हजार ५ सय ३६ मत प्राप्त गर्नुभयो । त्यस्त्ै भक्तपुरको मध्यपुर थिमी, सूर्यविनायक र चाँगुनारायण गरी तीन नगरपालिकाको मेयरमा कांग्रेस अग्रस्थानमा रहेको छ ।
सोमबार साँझसम्म मध्यपुर थिमीमा नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्र श्रेष्ठ ९०८८ मतका साथ अग्रस्थानमा छन् । श्रेष्ठलाई पछ्याइरहेका नेपाल कम्युनिस्ट पार्टी (एमाले)का मदनसुन्दर (जगुलु) श्रेष्ठले ६२७२ मत ल्याएका छन् ।
सूर्यविनायक नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार निशान ढुंगेल ४३२८ मतका साथ अग्रस्थानमा छन् । ढुंगेललाई पछ्याइरहेका नेपाल कम्युनिस्ट पार्टी (एमाले) का वासुदेव थापाले ३८१० मत ल्याएका छन् ।
चाँगुनारायण नगरपालिकामा नेपाली कांग्रेस उम्मेदवार जीवन खत्री ४७१६ मतका साथ अग्रस्थानमा छन् । खत्रीलाई पछ्याइरहेकी नेपाल कम्युनिस्ट पार्टी (एमाले) की विना बास्तोलाले ४२६३ मत ल्याएकी छन् । जिल्लाको अर्को भक्तपुर नगरपालिकामा भने नेपाल मजदुर किसान पार्टीले विजय हासिल गरिसकेको छ ।