आज थप २,४०७ जनामा कोरोना संक्रमण : ३,९१४ संक्रमणमुक्त — OSNepal

आज थप २,४०७ जनामा कोरोना संक्रमण : ३,९१४ संक्रमणमुक्त

LC (KTM) June 13, 2021 0

काठमाडौं । नेपालमा आइतबार २ हजार ४०७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ४०७ जना कोरोना संक्रमित थपिएका हुन् । जसमध्ये देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणबाट १ हजार ६९४ र एन्टिजेन परीक्षणमा ७१३ मा संक्रमण पुष्टि भउको हो ।

त्यस्तै ३ हजार ९ सय १४ जना संक्रमणमुक्त भउका छन् । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । थप ३ हजार ९९४ जना संक्रमणमुक्त भएका छन् । देशभर कोरोना संक्रमणको दर घटेता पनि निषेधाज्ञा पनि खुकुलो बनाउँदै लगिएको छ ।

जसमध्ये काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई फेरि एक् हप्ता थपिएको छ । आज आइतबर बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले उपत्यकामा फेरि एक साताका लागि निषेधाज्ञा थप्ने निणर्य गरेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार भोलीबाट लागु हुने निषेधाज्ञामा भने खाद्यय पसल विहान ११ बनेसम्म खोल्न पाइने , अलनाइन डोम डेलिभरी सेवालाई पनि सुचारु गर्ने ,पुस्तक पसल बिहान ११ बजेसम्म खुल्ने,अपरान्ह ४ बजेपछि हार्डवेयर पसल पनि खोल्ने निर्णय भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर