हेटौंडा. २ जेठ :
हेटौंडा उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवारहरुले अग्रता बढाउँदै गएका छन् । हेटौंडाको १६ हजार ५०० मत गणना गरिसक्दा मेयरमा नेकपा एकीकृत समाजवादीबाट उम्मेदवारी दिएकी मीना कुमारी लामाले ५ हजारर १५५ मत प्राप्त गरेकी छिन् ।
उनका निकटतम प्रतिस्पर्धी राप्रपाका उम्मेदवार दीपकबहादुर सिंहले ५ हजार १४ मत प्राप्त गर्दै लामालाई पछ्याइरहेका छन् । नेकपा एमालेका उम्मेदवार अनन्त पौडेल भने गठबन्धन भन्दा पछाडी पर्न थालेका छन् । पौडेलले ४ हजार ३८२ मत प्राप्त गर्दै तेस्रो स्थानमा संघर्षरत रहेका छन् ।
त्यसैगरी उपमेयर पदमा गठबन्धनबाट नेपाली कांग्रेसका राजेश बानियाँ ७ हजार ४०८ मतका साथ अग्रता लिइरहेका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेकी सुमित्रा काफ्लेले ५ हजार ३१५ मतका साथ दोस्रो स्थानमा रहेकी छिन् ।