स्थानीय तहको निर्वाचनको नतिजा आउने क्रम जारी रहेको छ । अहिले बिशेष गरेर महानगरपालिका र प्रभावशाली नेताको स्थानका नगरपालिकामा सबै जनताको चासो रहेको छ । यसैक्रममा पुर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमक पनि सबैको चासोको बिषय बनेको छ । दमक एमालेको बर्चस्व रहेको नगर हो । यसपालीको स्थानीय तहको निर्वाचनमा एमाले , राप्रपा र कांग्रेसको गठबन्धन संग एक्लै भिडिरहेको छ ।
यसपटक एमालेका तर्फ बाट मेयर पदको उम्मेद्धारमा यसअघि उपमेयर भएर काम गरिसकेकी गिता अधिकारी रहेकी छिन् । त्यस्तै उपमेयरमा अम्बिका खनाल रहेका छन् । उता गठबन्धनका तर्फ बाट राप्रपाका राम थापा मेयर र कांग्रेसका तर्फ बाट उपमेयरमा रेगिना भट्टराई प्रसाई रहेकी छिन् । पछिल्लो अवस्थामा यस नगरपालिकामा राप्रपाले लिड गरिरहेको अवस्था छ ।
राम थापाले ५ हजार ८ सय ६० मत प्राप्त गरेका छन् भने उनको निकट्तम प्रतिद्धन्दी गिता अधिकारीले ५ हजार २ सय १८ मत प्राप्त गरेकी छिन् । राप्रपाका थापा ६४२ मतअन्तरले अघि देखिएका छन् । उपमेयरमा गठबन्धनका तर्फबाट कांग्रेसकी उम्मेद्धार रेगिना भट्टराईले ५ हजार ६ सय ६८ मत ल्याउँदा उनका प्रतिद्धन्दी एमालेका अम्बिका खनालले ५ हजार ७७ मत प्राप्त गरेका छन् । अहिले वडा नम्बर ९ को मतगणना भई्रहेको छ ।