पार्टीको सदस्य समेत नभएको व्यक्तिले गुरुङलाई समर्थन छ भनी पठाएको पत्रप्रति जसपा उपेन्द्र पक्षको गम्भिर ध्यानाकषर्ण — OSNepal

पार्टीको सदस्य समेत नभएको व्यक्तिले गुरुङलाई समर्थन छ भनी पठाएको पत्रप्रति जसपा उपेन्द्र पक्षको गम्भिर ध्यानाकषर्ण

LC (KTM) June 13, 2021 0

काठमाडौं ३० । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पक्षले गण्डकी प्रदेशमा निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई समर्थन रहेको भन्दै पत्र लेख्ने व्यक्ति पार्टीको साधारण सदस्य समेत नरहेको जानकारी गराएका छन् । आज आइतबार जसपा केन्द्रीय कार्यालयका प्रमुख प्रकाश अधिकारीमार्फत एक विज्ञप्ति जारी गर्दै पार्टीको सदस्य समेत नरहेको व्यक्तिले गुरुङलाई समर्थन रहेको पनि पत्र पठाएको प्रति गम्भिर ध्यानाकषर्ण गराएको छ ।

जारी विज्ञप्तीमा भनिएको छ , ‘गण्डकी प्रदेश सरकार गठनको शिलशिलामा जनता समाजवादी पार्टी नेपालको नाममा गण्डकी प्रदेश समितिको अध्यक्ष भनी अनिल परियार भन्ने व्यक्तिले पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारलाई समर्थन गरेको भन्दै जसपा नेपालको निर्णय र नीति विपरीत प्रदेश प्रमुखलाई पत्र लेखेको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’ । अनिल परियार जनता समाजवादी पार्टी नेपालको साधारण सदस्य पनि नरहेको स्पष्ट गर्दछौं ।

विज्ञप्तीमा यस्तो लेखिएको छ ,

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर