गोरखा २ जेठ । गोरखाको शहीद लखन गाउँपालिकामा नेपाली कांग्रेसलाई हराउँदै नेकपा माओवादी केन्द्रले जित हात पारेको छ ।
अध्यक्षका उम्मेदवार माओवादी केन्द्रका रमेशबाबु थापा मगर ५ हजार ४७४ मत ल्याई निर्वाचित भएका हुन् । उपाध्क्षयमा पनि इन्दिरा तिवारी ४ हजार ९९६ मत ल्याई निर्वाचित भएकी हुन् ।
थापा मगरले अर्का प्रतिस्पर्धी नेपाली कांग्रेसका नारायणप्रसाद लामिछानेलाई पराजित गरेका हुन् । उनले ४ हजार ४३२ मत थिए ।
तिवारीकी प्रतिस्पर्धी कांग्रेसकी शर्मिला श्रेष्ठले ४ हजार ४३२ मत ल्याउँदै हार व्यहोरेकी हुन् । नौ वटा वडा रहेका उक्त पालिकामा माओवादीले २, ४, ५ र ९मा जित हासिल गरेको छ ।