विराटनगर २ जेठ । विराटनगर महानगरपालिकामा १६ हजार ३४३ मत गणना गर्दा मेयरमा पाँच हजार १४६ र उपमेयर पदको सात हजार २११ मत बदर भएका छन् ।
मुख्य निर्वाचन अधिकृत कार्यालयले दिएको अनुसार आज सोमबार दिउँसोसम्म १६ हजार ३४३ मत गणना गर्दा यति धेरै संख्यामा मत बदर भएको हो ।
यति बेला सम्म विराटनगर को मेयरमा कांग्रेस उम्मेदवार नागेश कोइरालाले पाँच हजार १८३ पाइसकेका छन् ।
एमाले उम्मेदवार सागर थापाले तीन हजार ६६७, स्वतन्त्र उम्मेदवार उमेश यादवले एक हजार ७२० र राप्रपा उम्मेदवार प्रह्लाद साहले ८३२ मत पाएका छन् ।