नेपालमा पछिल्लो २४ घण्टामा ४६ जना कोरोना संक्रमितको मृत्यु — OSNepal

नेपालमा पछिल्लो २४ घण्टामा ४६ जना कोरोना संक्रमितको मृत्यु

LC (KTM) June 13, 2021 0

काठमाडौँ– नेपालमा थप ४६ जना मा कोरोना संक्रमितको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४६ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

यो सँगैकोरोनाले ज्यान गुमाउनेको संख्या ८ हजार ४१२ पुगेको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार सीसीएमसी, नेपाली सेनाद्वारा कोभिड १९ को शव व्यवस्थापन तथ्यांकको आधारसहित सो संख्यामा मृतक थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा २ हजार ४०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यस्तै थप ३ हजार ९९४ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर