चितवन २ जेठ । भरतपुर महानगरपालिकाको मेयर पदका उम्मेदवार नेकपा एमालेका विजय सुवेदीले अग्रता लिएका छन् ।
सत्ता गठवन्धनको सर्मथनमा तत्कालिन भरतपुरकी मेयर रेणु दाहाल भने पछाडी परेकी छन् । सुवेदीले ७३ मतले अग्रता लिएका छन् ।
यतिबेला सम्म दाहालको ४ हजार ५ सय ५२ मत आएको छ, भने एमालेका सुवेदीले ४ हजार ६ सय २५ मत प्राप्त गरेका छन् ।
यता स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले २ हजार ४० मत ल्याएका छन् ।