भारतमा २४ घण्टामा ८० हजार सङ्क्रमित थपिए ,तीन हजार ३०३ जनाको मृ त्यु — OSNepal

भारतमा २४ घण्टामा ८० हजार सङ्क्रमित थपिए ,तीन हजार ३०३ जनाको मृ त्यु

LC (KTM) June 13, 2021 0

नयाँ दिल्ली, ३० जेठ – भारतमा पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ८० हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार थप ८० हजार ८३४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको हो । “एकैदिनमा यति मानिस सङ्क्रमित भएको ७१ दिनपछिकै सबैभन्दा थोरै हो,” केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

पछिल्ला केही दिनदेखि भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा कमी हुँदै आएको देखिएको छ । भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको कुल सङ्ख्या दुई करोड ९४ लाख ३९ हजार ९८९ पुगेको छ । सङ्क्रमित अवस्थामै रहेकाहरुको कुल सङ्ख्यामा दैनिक ५ प्रतिशतले कमी हुँदै आएको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोना संक्रमणका कारण मृ त्यु भएकाहरुको सङ्ख्या तीन लाख ७० हजार ३८४ पुगेको छ । ती मध्ये तीन हजार ३०३ जनाको पछिल्लो २४ घण्टामा मृ त्यु भएको हो । भारतमा एक दिनमा एक लाख ३२ हजार ६२ जना कोरोना बाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै भारतमा अहिलेसम्म कोरोनाबाट सङ्क्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या दुई करोड ८० लाख ४३ हजार ४४६ पुगेको छ । कोरोना विरुद्ध भारतभरी अहिलेसम्म २५ करोड ३१ लाख ९५ हजार ४८ खोप प्रयोग भएको मन्त्रालयले जनाएको छ । (रासस-एएनआई)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर