रोल्पा २ जेठ । रोल्पाको परिर्वतन गाउँपालिकामा नेकपा माओवादी केन्द्र निर्वाचित भएको छ । माओवादीका विश्वकुमार चन्दले तीन हजार १३१ मत सहित गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् ।
उनका प्रतिद्धन्दीनेपाली कांग्रेसका उम्मेदवार शुकबहादुर बुढामगर तीन हजार ३११ मत पराजित भएका हुन् । उपाध्यक्षमा माओवादी केन्द्रकी कलादेवी खत्रीनी तीन हजार ३८७ मत सहित विजयी हुँदा नेकपा एमालेका सपना बुढामगरले दुई हजार ३०८ मतसँगै हार व्यहोरेकी हुन् ।
योसँगै माओवादीले यस गाउँ पालिकामाो वडा नं १, २, ४, ५ मा पनि विजयी हासिल गरेको छ ।