ललितपुर २ जेठ । ललितपुर महानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले आफ्नो अग्रता कायमै राखेका छन् । पछिल्लो मत गणना अनुसार मर्हजनले चार हजार ४७३ मत प्राप्त गरेका छन् ।
उनका प्रतिद्धन्दी नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले १६२१ मत प्राप्त गरेका छन् । राप्रपाका अर्का उम्मेदवार अष्टबहादुर महर्जनले ४२० मत पाएका छन् ।
उपप्रमुखमा नेकपा एमालेकी उम्मेदवार मञ्जली शाक्य बज्राचार्यले अग्रता लिएकी छन् । उनले २००५ मत प्राप्त गरेकी छन् । नेकपा माओवादीका उम्मेदवार बाबुराज बज्राचार्यले १४६४ पाएका छन् ।
७ हजार ७२६ मत गणना हुँदा महर्जनले चार हजार ४७३ मत पाएका हुन् ।