भक्तपुर २ जेठ । नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीको वडामा नेपाली कांग्रेसले वाजी मारेको छ ।
भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसका प्रदीप कार्कीसहित कांग्रेसको प्यानलनै विजयी भएको हो ।
कार्कीले १ हजार ५११ मत ल्याई विजयी हुँदा प्रतिद्धन्दी नेकपा एमालेका विश्वराज विष्टले १ हजार ३०५ मतसहित पराजित भएका हुन् ।
यथपी, सूर्यविनायकको मतगणना भने जारी नै रहेको छ ।