पोखरा-गण्डकीको सरकार ढल्नुमा प्रधानमन्त्री केपी शर्मा ओली जिम्मेदार रहेको गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका छन् ।आइतबार पत्रकारसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री ओलीको पनि केही गल्ती भएको तर राजनीतिक दलले आफूलाई करेक्सन गर्नुपर्ने बेला आएको बताए ।
आफ्नो सरकारले ल्याएको बहुवर्षीय योजना समयमै सक्ने विषयमा अहिलेको सरकारको ध्यान जानुपर्ने सुझाव समेत उनले दिए । त्यस्तै सत्ता प्राप्ति र कुर्सीको लागि गरिने गठबन्धनले सत्ता र कुर्सी तलमाथि हुने वित्तिकै विग्रह शुरु हुने दाबी पनि गरेका छन् ।
नेकपा एमाले स्थायी कमिटी सदस्यसमेत रहनु भएका गुरुङ गण्डकी प्रदेशमा २०७४ फागुन ४ मा पहिलो पटक मुख्यमन्त्री नियुक्त भएका थिए ।