कोरोनाको खोप लगाएपछि काठमाडौँकी संगितामा देखियो चुम्बकिय शक्ती — OSNepal

कोरोनाको खोप लगाएपछि काठमाडौँकी संगितामा देखियो चुम्बकिय शक्ती

LC (KTM) June 13, 2021 0

काठमाडौँ । कोरोना महामारीबाट बच्नका लागि विश्वभरी खोप अभियान चलिरहेका बेला नेपालमा पनि यसको खोप लगाउने कार्यक्रम जारी छ । खोप लगाएका मानिसहरुमा विभिन्न समस्याहरु देखिएता पनि एक महिलामा भने काठमाडौँकी एक महिलामा भने अनौठो चमत्कार नै देखा परेको छ ।

४ दिन अघि मात्रै भेरोसेलको पहिलो डोज खोप लगाएकी काठमाडौँको असनकी ६० वर्षकी संगिता तिमिलाको शरीर चुम्बकीय शक्ति भएजस्तै अचम्मको दृश्य देखा परेको छ । मध्यपुर हस्पिटल तथा कोरियन नेपाल अस्पतालका अर्थोपेडिक सर्जन डा। मनिष प्रधानाङ्गले आफ्नी फुपू संगिताको शरीरमा चुम्बकीय शक्तिजस्तै भएको बताउँदै फेसबुकमा भिडियो सेयर गरेसँगै उक्त भिडियो अहिले भाइरल बनिरहेको छ ।

प्रधानाङ्गकी फूपू संगीताको पाखुरामा चम्चा, चाबी राख्दा फुपूको शरीरले पनि चम्चा, साँचो तानेको देखेपछि सबै दंग परेका छन् । संगिताको शरीरमा चम्चा, साँचो टाँसिएको भिडियोमा पनि देख्न सकिन्छ । यसअघि भारतमा पनि यस्तै समस्या देखिएको थियो । जुन विषयहरु अध्ययनका लागि आवश्यक रहेको
मध्यपुर हस्पिटल तथा कोरियन नेपाल अस्पतालका अर्थोपेडिक सर्जन डा प्रधानाङ्गले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर