सर्लाही, २ जेठ-सर्लाहीको धनकौल गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । धनकौलमा कांग्रेसका रामआश्रय साह पुनः दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।
साह ४ हजार ४७७ मतसहित विजयी हुँदा निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका फकिरा महतोले ३ हजार ३७८ मत मात्र प्राप्त गरे ।
तेस्रोमा झरेका एमालेका अजयकुमार सिंहले १ हजार ६०७ मत प्राप्त गरे ।
काे कहाँ विजयी ?
यहाँ ४ वटा वडामा कांग्रेसका, दुई वडामा माओवादी केन्द्रका र एक वडामा एमालेले वडाध्यक्ष जितेकाे छ ।
कांग्रेसले धनकौल-१, २, ४ र ७ मा जितेकाे हाे । यी वडाका वडाध्यक्षमा क्रमश: गौरीशंकर महतो, रामबहादुर सहनी, नरेन्द्र राय यादव र रामलखन राय निर्वाचित भएका छन् ।
माओवादी केन्द्रले ५ र ६ मा बाजी मारेको छ । ५ गजेन्द्र महतो ५ र ६ श्यामबाबु साह वडाध्यक्षमा निर्वाचित भएका छन् ।
एमालेले ३ नम्बर वडामा मात्र जितेकाे छ । अशोककुमार यादव वडाध्यक्षमा विजयी भएका हुन् ।