देश चुनावी माहोलमा होमिरहेका बेला आयो एउटा दुःखद खबर, क्याप्टेन बिजय लामाले पिताको शोकमा भक्कानिएर लेखे यस्तो पोष्ट — OSNepal

देश चुनावी माहोलमा होमिरहेका बेला आयो एउटा दुःखद खबर, क्याप्टेन बिजय लामाले पिताको शोकमा भक्कानिएर लेखे यस्तो पोष्ट

LC (KTM) May 15, 2022 0

देश चुनावी माहोलमा होमिरहेका बेला एउटा दुःखद खबर बाहिर आएको छ । कलाकार तथा पाइलट क्याप्टेन विजय लामालाई पितृशोक परेको छ। उनको पिताको आइतबार दिउसो मनमोहन अस्पतालमा स्वर्गारोहण भएको लामा आफैले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन्। उनको पिताको बिगत दुई हप्तादेखि मनमोहन अस्पतालको सिसियुमा राखेर उपचार भइरहेको थियो। उनले आफ्नो पिताको निधन भएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा बाबुछोराको फोटो कोलाज सहितको मनछुने स्टाटस लेखेका छन् ।

उनले लेखेका छन् अत्यन्तै दुस्खका साथ मेरो प्यारो बाउले सधैको लागि हामी सबैलाई छोडेर जानू भएको अवगत गराउन चाहन्छु यो स्टेटस मार्फत। करिब दुइ हप्ता देखि स्वास्थ्यमा कठिनाई आएकोले उहा मनमोहन अस्पतालमा सिसियुमा हुनुहुन्थ्यो र आज दिउसो १ः१५ बजे मेरो हातमा उहाले अन्तिम सास लिनु भयो । मेरो आमा पनि यसै गरि मेरो हातमा अन्तिम सास लिनुभएको थियो १९९७ सेप्टेम्बरमा । मेरो जन्म दिने आमा बाबुको अन्तिम घडीमा म उहाहरु संगै भएकोमा आफुलाई भाग्यसाली ठान्दछु । तर के गर्नु आखिर मन त होनि भक्कानिएर रुनु मात्र खोज्छ जति रोक्न कोसिस गरे पनि ।

उहाँ भेट्नुहुने सबैका लागि मित्र हुनुहुन्थ्यो र उहाँलाई चिन्ने सबैको लागि शक्तिको स्रोत हुनुहुन्थ्यो।हामी भोलि बुद्ध जयन्तिको दिनमा बालुवाटार आफ्नै निवासमा उहाको अन्तिम बिधाई गर्न गईरहेका छौ । बुद्ध धर्मको नियम अनुसार हामी उहाको पार्थिब सरीरलाई भोलि २ बजे स्वोयम्बुनाथ घाटमा दाहसंस्कार गर्नका लागि लग्नेछौ । कृपया अन्तिम श्रद्धान्जली दिन चाहने हरु बालुवाटार निवासमा आउन सक्नु हुनेछ । बाउ तिमि बिना मलाई बस्ने बानि छैन , तिम्रो यादले निक्कै सताउने छ , तर मलाई विश्वास छ तिमि जहाँ छौ खुसि छौ, तिम्रो खुसि नै मेरो खुसि हुनेछ । अब म तिमिलाइ कल्पनामा मात्र जिस्काउछु है ? सायद झस्किन्छु होला तिमिलाइ नपाउदा । ए बाउ किन ??? आखिर हार भयो नि मेरो ???

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर