काठमाडौं, १ जेठ :
ह्यारी केनको निर्णायक गोलमा वर्नलीलाई १-० अन्तरले हराउँदै टोटनहम इङ्लिस प्रिमियर लिग फुटबलको चौथो स्थानमा उक्लिएको छ ।
लण्डनमा भर्खरै समाप्त भएको खेलमा पहिलो हाफको इन्जुरी समयमा केनले पेनाल्टी मार्फत गोल गरे । जितसँगै एक खेल कम खेलेको आर्सनललाई पछि पार्दै टोटनहम शीर्ष चारमा उक्लिएको छ ।
जारी लिगमा आर्सनल र टोटनहम शीर्ष चारमा पर्न प्रतिस्पर्धा गरिरहेका छन् । शीर्ष चारमा रहने टोली सिधै यूईएफए च्याम्पियन्स लिगमा स्थान बनाउने छ ।
घरेलु मैदानमा जितसँगै ३७ खेलबाट ६८ अंक जोडेको टोटनहम तालिकाको चौथो स्थानमा उक्लिएको छ । जुन एक खेल कम खेल्दै पाँचौँ स्थानमा आर्सनलभन्दा दुई अंकले बढी हो ।
यस्तै, ३६ खेलबाट ३४ अंक जोडेको वर्नली भने तालिकाको रेलिगेशन जोन नजिक छ । अन्तिम दुई खेल बाँकी रहँदा वर्नली १७औं स्थानको लिड्स युनाइटेडभन्दा एक अंकले अगि छ ।